काठमाडौं । डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले बुथ रक्षाका लागि आफ्ना प्रतिनिधि राख्न नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत् उनले निर्वाचन उत्साहजनक भए पनि बुथ संकलनका क्रममा रहेक बुथहरुमा आफ्नो एक प्रतिनिधि सामेल गराउन नदिएकोप्रति उनले असन्तुष्टि जनाएका हुन् ।
उनले लाइभमा बोल्दै भनेका छन्, ‘हामीले निर्वाचन अधिकृत, यहाँको डिएसपीसमेतलाई फोन गरेका बुझेका थियौँ उहाँहरुले एकजना मान्छे राख्न पाइन्छ भन्नुभएको छ तर यहाँ हामी कसैलाई पनि भित्र जान दिइएको अवस्था छैन ।’
उनले ब्यालेट बक्स जोगाइदिनसमेत आग्रह गरेका छन् । उनले देशभर नै दलीय ग्रहण व्यापक रहेको र डडेलधुरामा बसेर न्याय पाउन निकै कठिन रहेको बताएका छन् ।
उनले डडेलधुरावासीलाई कुनै पनि गाडी बाहिर गए त्यसको भिडियो लिन र जंगलहरुमासमेत मान्छे बसिदिन आग्रह गरेका छन् ।