भक्तपुरमा पछि परे महेश बस्नेत, दुर्लभ थापाको अग्रता

भक्तपुर । भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन् ।

साढे २ बजेदेखि मतगणना सुरुमा अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन् ।

थापाले २२२८ र बस्नेतले १६३० मत प्राप्त गरेका छन् । भक्तपुर-२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको थियो ।