काठमाडाैं । विश्वकप फुटबलमा इक्वेडरकाे विजयी सुरुवात गरेकाे छ । आयोजक कतारलाई २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो ।
अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन एनर भ्यालेन्सियाले दुई गोल गरे ।
खेलको १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै इक्वेडरले अग्रता लिएकाे थियाे । खेलको ३१ औं मिनेटमा भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २–० गोलको जित दिलाए ।
खेलको दोस्रो मिनेटमा पनि भ्यालेन्सियाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।
समूह ए को इक्वेडरले एक खेलबाट ३ अंक जोडेको छ । आयोजक कतारले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।