गुल्मीकाे अर्बेनीमा मंगलबार पुन: मतदान

गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको छ ।

जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्बर-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंसिर ६ गते मंगलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

आइतवार मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए ।