काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता, गठबन्धन तेस्राे

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मत प्राप्त गरेका छन् ।

यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)की मानुषी यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् ।