चितवन २ मा एमालेकाे अग्रता, रवि लामिछाने तेस्रोमा

चितवन । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ ।

यहाँ अहिलेसम्म १०० मत गनिसक्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् ।

उनले ५३ मत ल्याउँदै पहिलो नम्बरमा रहँदा दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन् । उनले ३३ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ५ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उठेका कारण यो क्षेत्र चर्चामा छ ।

यहाँ चुनावी प्रचारका क्रममा नारायणी किनारमा रविले ठूलो सभा गरेका थिए ।