समानुपातिकमा माओवादीले पहिलोपटक उछिन्यो ‘घण्टी’लाई

काठमाडाैं । प्रतिनिधिसभातर्फ समानुपातिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा सुरुदेखि लगातार पछि रहेको नेकपा माओवादी केन्द्र पहिलोपटक अघि लागेको छ ।

निर्वाचन आयोगले दिउँसो १२:४५ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो ।

आयोगले उपलब्ध गराएको विवरणअनुसार अहिले माओवादी केन्द्रका पक्षमा ८ लाख १ हजार ३ सय ७९ मत आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ७ लाख ९९ हजार ७ सय ८२ समानुपातिक मत ल्याएको छ।

समानुपातिकमा पहिलो स्थानमा भने एमाले छ । उसले १८ लाख ९७ हजार २७ मत पाएको छ । दोस्रोमा रहेको कांग्रेसले १८ लाख ३० हजार ३६ मत प्राप्त गरेको छ ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख १० हजार ७५२ मत ल्याएकाे छ ।