विश्वकप : क्यामरुनसँग बराबरीमा रोकियो सर्विया

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा क्यामरुनसँग सर्विया ३–३ गोलको बराबरीमा रोकिएको छ ।

अल जानोउब रंगशालामा सम्पन्न रोमाञ्चक खेलको २९औं मिनेटमा जिन कार्लेसले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा स्ट्राहिन्जा पाब्लोभिकले बराबरी गोल फर्काएका थिए ।

त्यसको एक मिनेट नबित्दै सर्जेज मिलिनकोभिकले गोल गर्दै सर्वियालाई २–१ को अग्रता दिलाए ।

खेलको ५३औं मिनेटमा एकेक्सानेडर मिट्रोभिकले सर्वियाका लागि तेस्रो गोल गरे । पुन:६६ औँ मिनेटमा क्यामरुनका इरिक मेक्सिमले गाेल गरी नतिजा बराबर बनाए ।

त्यसपछि भने दुवै समूहबाट गाेल हुन सकेन र खेल ३-३ काे बराबरीमा सकियाे ।