
काठमाडाैं । चुनावी परिणामको निष्कर्ष नआउँदै नेपालमा विदेशी राजदूतहरु सक्रिय भएका छन् । भारत, अमेरिका, चीन र युरोपियन युनियनका राजदूतहरु दलका शीर्ष नेताहरुलाई दैनिकजसो भेट्न थालेका छन् ।
राप्रपा नेपालका सह महामन्त्री डम्मरप्रसाद शिवाकोटीका अनुसार आफू अनुकुलको सरकार बनाउन नै उनीहरुको दौडधूप सुरु भएको हो । उनका अनुसार दक्षिणको छिमेकीको सद्भाव जस्तो हुन्छ त्यसै अनुसार नयाँ सरकार निर्माण हुनेछ ।
नेपालको राजनीतिमा चीनको भन्दा भारत र अमेरिकी प्रभाव बढी भएकाले उनीहरुकै इशारामा नयाँ प्रधानमन्त्री र सरकार बन्ने उनको विश्लेषण छ ।
अहिले मुलुकमा युवा लहर चलेकाले कांग्रेसका गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना छ । थापालाई एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको पनि समर्थन भएकाले गगन प्रधानमन्त्री बन्ने वातावरण बनेको हो ।
कांग्रेसका नयाँ सांसदहरुले पनि देउवा, रामचन्द्र, सिंह भन्दा गगनलाई संसदीय दलको निर्वाचनमा मत हाल्न सक्ने शिवाकोटीको तर्क छ । गगन वाकशक्ति भएको र देशी विदेशी मिलाउन सक्ने क्षमताको भएकाले उनका लागि यो अवसर पनि भएको उनी बताउँछन् ।
नेताहरुले गगनको चुनौती सामना गर्न नसक्ने अवस्था आए कांग्रेस फुट्न सक्छ । विगतमा शेरबहादुर देउवा पनि कांग्रेस फुटाएरै प्रधानमन्त्री बनेको इतिहास भएकाले त्यो दोहरिन सक्ने उनी बताउँछन् ।
जसको सरकार बनेपनि पाँचवर्षसम्म सरकार निरन्तर चलाउनुपर्ने छ । सरकार बनाउन नसकेर फेरि चुनावमा जानुपर्ने वा दुई वर्षपछि मध्यावधि निर्वाचनको अवस्था आए मुलुकले थेग्न सक्ने छैन । आर्थिक संकट चुलिएर मुलुक असफल राष्ट्र बन्ने डर भएकाले दलहरुले सुझबुझपूर्ण ढंगल भए पनि गठवन्धन सरकार सफल बनाउनै पर्ने शिवाकोटीको सुझाव छ ।
निर्वाचनबाट राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीको शक्ति बढेपनि उनीहरुले जनतासामु गरेका कबुल पूरा गर्न सक्ने छैनन् । राप्रपाका केही नेता भारतीय दूतावासको इशारामा चल्ने भएकाले सो पार्टी फेरि विभाजनमा जान सक्छ ।
चुनावी परिणामले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई कमजोर बनाउने विदेशी षड्यन्त्रलाई पुष्टि गरेको छ ।
विस्तृत भिडिओमा :