गगन थापा प्रधानमन्त्रीका लागि उपयुक्त पात्र (भिडिओसहित)

काठमाडाैं । चुनावी परिणामसँगै प्रधानमन्त्रीका पनि आकांक्षी बढिरहेकाबेला कांग्रेस महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउनुपर्ने मत बढ्न थालेको छ ।

कांग्रेस भित्रै सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. सशांक कोइराला लगायतले प्रधानमन्त्रीमा दाबी गरिरहेकाबेला बुद्धिजिवी एवम नागरिक अगुवाहरुले प्रधानमन्त्रीमा गगन थापा उपयुक्त हुने मत जाहेर गरेका छन् ।

संविधानविद् दिनेश त्रिपाठीले गगन थापामा नेतृत्वमा हुनुपर्ने सम्पूर्ण गुण भएको र उनीप्रति आमजनताको आशा पनि भएकाले उनलाई प्रधानमन्त्री बनाउँदा राम्रै हुने धारणा राखेकाछन् । गगन थापालाई प्रधानमन्त्री हुन संसदीय दलको नेता बन्नुपर्ने भएकाले त्यसका लागि सभापति देउवाले उनलाई समर्थन गर्नुपर्ने त्रिपाठी बताउँछन् ।

अहिले पनि कांग्रेस संसदीय दलमा देउवाको स्पष्ट बहुमत भएकाले उनको सहमति बिना थापा प्रधानमन्त्री बन्न सक्दैनन् । देउवा आफैले थापाको पक्षमा अग्रसरता लिए स्वयं देउवाको पनि मान सम्मान बढ्ने त्रिपाठीको तर्क छ ।

थापा प्रधानमन्त्री हुन नसक्ने अवस्थामा देउवाबाहेक पौडेल, सिंह, कोइराला जो भएपनि फरक नपर्ने त्रिपाठी बताउँछन् ।

त्रिपाठी भन्छन्, ‘अहिले जसको नेतृत्वमा सरकार बनेपनि दुई तिन महिनामै सरकार ढल्ने परिस्थिति निर्माण हुनसक्छ । सरकार जसले बनाए पनि त्यो बलियो सरकार हुँदैन । जोडजाड गरेर १३८ को बहुमत त पुर्‍याउलान् तर सरकारको नीति कार्यक्रम वा बजेट पास गर्नेबेला सांसदहरुले यताउता गर्न सक्छन् । यो अवस्थामा सरकार ढल्छ ।’

नवोदित राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त मतको सदुपयोग गरेर देखाउनुपर्ने चुनौती खडा भएको भन्दै उनले तत्कालै रवि लामिछानेका विषयमा कसैले पनि नकारात्मक टिप्पणी गर्न नहुने बताए ।

तराईबाट सिके राउतले पृथकतावादी सोच त्यागेर आएकाले उनको आगमनपनि संसद र लोकतन्त्रका लागि सुन्दरता नै हुन्छ । नेत्रविक्रम चन्दलाई पनि चुनावमा ल्याउन सकेको भए राम्रो हुन्थ्यो, अझै प्रयास गर्नुपर्छ ।

विस्तृत भिडिओमा :

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७