काठमाडाैं । प्रतिनिधिसभातर्फ दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले मतान्तर घटाएका छन् ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कार्कीले नकेपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीसँग मतान्तर केही घटाएका हुन् ।
पछिल्लो मत परिणामअनुसार एमालेका शिवाकोटीले १९ हजार ७४४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी माओवादी केन्द्रका कार्कीले १८ हजार ३८५ मत पाएका छन् ।
मंसिर ४ गते भएको मतदानका क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचन गर्ने निर्णय गरेका कारण मत गणनामा ढिलाइ भएको हो ।
मंसिर १५ गते १० वटा बुथमा पुनः मतदान भएपछि मत गणना कार्य सुरु गरिएको थियो ।