चुनावमा गठबन्धनको अभूतपूर्व जित, अबको प्रधानमन्त्री पनि देउवा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री गोविन्दबहादुर शाहले नयाँ सरकारको प्रधानमन्त्री शेरबहादुर देउव निश्चित भैसकेको बताएकाछन् ।

हुलाक संचारसंग कुरा गर्दै नेता शाहले गठवन्धन र नेपाली कांग्रेसलाई सफल बनाउन देउवाको नेतृत्वदायी भूमिका भएकाले अबको प्रधानमन्त्री पनि देउवा नै भएको प्रष्ट पारे । नयाँ सरकार निर्माणका लागि देउवाले सबै पक्षसंग निरन्तर छलफल गरिरहेको उनको भनाइ छ ।

कांग्रेसमा प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गगन थापाले दाबी गर्नु स्वभाविक भएपनि उनीहरुले संसदीय दलमा बहुमत पुर्याउन नसक्ने शाह बताउँछन् । संसदीय दलमा देउवाको स्पष्ट बहुमत भएकाले प्रधानमन्त्री हुनबाट कसैले रोक्न नसक्ने उनको दाबी छ ।

गठवन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गर्नु उसकै लागि आत्मघाती भएको शाहको भनाइ छ । उनका अनुसार एमाले र माओवादी केन्द्र मिल्ने हल्ला चलाउनु माओवादीलाई सधैंका लागि सत्ता बाहिर राख्ने खेल हो । प्रचण्डलाई शक्तिहीन बनाउन चाहनेहरुले एमालेसंग सहकार्यको षडयन्त्र गरिरहेको उनको भनाइ छ ।

चुनावमा कांग्रेसका वरिष्ठ र प्रतिष्ठित नेताहरुसमेत हारेको स्वीकार गर्दै शाहले हारको दोष कसैलाई दिन नहुने बताए । जसरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेसबाट भोट आएन भनेर गुनासो गरेकाछन्् त्यो गलत छ ।

केही ठाउँमा छिटपुट घटना र कमिकमजोरी भएपनि कांग्रेसले इमान्दारीपूर्वक गठवन्धनका उम्मेदवारलाई जिताउने प्रयास गरेको छ । अन्य दलहरुले पनि यही प्रयास गरेको विश्वास छ । अब मुलुकलाई यही विश्वासका आधारमा अघि बढाउने हो ।

यो देशलाई १५ देखि २० वर्षको बिचमा भारत र चीनको दाँजोमा लैजान गठवन्धनको निरन्तरता आवश्यक भएकाले नेताहरुले शंका उपशंका नभइ आपसी विश्वासकासाथ सुझवुझढंगले अघि बढ्न जरुरी छ ।

विस्तृत भिडियोमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१