नाङ्गो तार व्यवस्थापनका लागि सांसद पौडेलले थाले पहल, प्राधिकरण प्रमुख घिसिङसँग छलफल

काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल सुरु गरेका छन् । यसका लागि बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका हुन् ।

पौडेलले प्राधिकरणमा पुगेर घिसिङसँग छलफल गरी काठमाडाैं-५ सहित उपत्यकामा रहेको विद्युतीय तारको समस्या हल गर्न आग्रह गरे ।

भेटमा उनले सबै सडकका पोललाई जतिसक्दाे चाँडो प्रतिस्थापन गरी भूमिगत गर्न, प्रतिस्थापन भएका ठाउँमा सडकमा पारिएका खाल्डा पूर्न र सम्पूर्ण नाङ्गो तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह गरेका थिए ।

जवाफमा निर्देशक कुलमान घिसिङले कतिपय स्थानमा काम भइरहेको र कतिपय स्थानमा काम गर्न अवरोध सिर्जना भएको जानकारी गराए । मुख्य सडक क्षेत्रमा काम भइरहेको र भित्री सडकहरूमा साँघुराे बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अफ्ठयारो रहेको उनको भनाइ थियो । तर, तीन वर्षभित्रमा यस काम सम्पन्न हुने घिसिङको भनाइ थियो ।

निर्देशक घिसिङले समस्या हल गर्न काठमाडाैंमा २० ओटा शव स्टेशन निर्माण गर्ने जसअन्तर्गत टोखा नगरपालिकामा पनि एउटा स्टेशन निर्माण हुने जानकारी गराएका थिए ।