
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको बताएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न समेत आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दूरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।’
पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन् । ‘केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानि बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ,’ मन्त्रालयले भनेको छ ।
हेर्नुहाेस् विज्ञप्ति :