प्रचण्डलाई भेटेर प्रकाशमानकाे आग्रह : देउवालाई प्रधानमन्त्री बनाऔँ

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ ।

भेटेर नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन् । आज बिहान ८ बजे खुमलटारस्थित निवासमा पुगेर सिंहले प्रचण्डसँग कुराकानी गरेका हुन् ।

सिंहले प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल (८९ सांसद) रहेकोले सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बनाउन सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका छन् ।

जवाफमा प्रचण्डले अहिले कांग्रेस नेतृत्वमा सरकार रहेकोले नयाँ सरकार माओवादीको नेतृत्वमा बन्नुपर्ने बताएका छन् ।

प्रचण्डसँग कुराकानी गरेपछि सिंह बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका छन् । प्रचण्डसँग भएका कुराकानीबारे सिंहले देउवालाई ब्रिफिङ गरेको उनको सचिवालयले जनाएको छ ।