प्रचण्डलाई बार्दलीमा उभ्याएर ओलीले १९ बुँदे आरोपको जवाफ फर्काए (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेको सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि अहिले एमाले भित्रै कति ठीक कति बेठिक भन्ने समीक्षा पनि हुन थालेको छ ।

प्रचण्डले एमाले र अध्यक्ष ओलीमाथि लगाएका आरोपहरु फिर्ता नगरी कसरी एमालेले प्रधानमन्त्रीमा समर्थन गर्यो भन्ने प्रश्नहरु उठेकाछन् । स्वयं प्रचण्ड र ओलीले समेत यो विषयमा मुख खोलेका छैनन् । उनीहरु आ–आफनो स्वार्थ पूरा गर्न मात्र केन्द्रीत भएको देखिन्छ ।

एमाले केन्द्रीय सदस्य नगिन्द्र शाही भन्छन्, ‘प्रचण्ड ओलीको बार्दलीमा पुग्नु नै ओलीको जवाफ हो । यसबाट को ठीक को बेठिक भन्ने जनताले थाहा पाइसकेका छन् ।’

शाहीका अनुसार राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र नहुने भएकाले प्रचण्डसँगका तिक्तता पालेर बस्ने पक्षमा एमाले छैन । अब प्रधानमन्त्री प्रचण्डलाई सफल बनाउन एमाले लाग्छ । प्रधानमन्त्रीको सफलता भनेको एमालेसहित पूरै देश र जनताको सफलता हो ।

शाहीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरु गल्ती महसुस गरेर एमालेमा फर्किए आफूहरु स्वागत गर्न तयार रहेको बताए । व्यक्तिगत कुण्ठा र स्वभावका कारण माधव नेपाल राष्ट्रिय राजनीतिमा एक्लिएको उनको भनाइ छ ।

विस्तृत भिडिओमा :