काठमाडाैं । प्रतिनिधिसभाको अधिवेशन पुस २५ गतेदेखि शुरु हुने भएको छ ।
सरकारले संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्ले यही पुस २५ गते प्रतिनिधिसभाको बैठक आह्वान गर्न सिफारिस गरेको हो ।
सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको छ ।
प्रधानमन्त्रीसहित ८ जनाले सोमवार नै मन्त्री पदको शपथ लिएका थिए । सरकारको सिफारिसमा संसद्को अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिनिधिसभाको अधिवेशन शुरु भएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् ।