प्रचण्डसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटार श्रोतले जनाएको छ ।

भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाइ दिएका थिए ।