काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट कुनै पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।
सोमबार प्रमुख जिल्ला अधिकारीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन दिँदै उनले शीतलहरबाट कोही पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी आवश्यक पूर्व तयारी गर्न निर्देशन दिएको सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए ।
यस्तै, नागरिकहरूलाई सरकार अभिभावक हो भन्ने भावनाको सुनिश्चितता गराउने जिम्मेवारी भएको भन्दै उनीहरूको आवाज केन्द्रसम्म पुर्याउने र सुनुवाइ गर्न पनि निर्देशन दिए ।
नागरिकहरूको समस्या सुन्दा र समाधानको पहल गर्दा समभाव राख्न पनि गृहमन्त्री लामिछानेले निर्देशन दिए । जुनसुकै माध्यमबाट दर्ता भएका उजुरीहरूको छानविनमा जोड दिन पनि उनले बताएका छन् ।
त्यसैगरी, उनले मिटरब्याजी र नागरिकताविरूद्धका उजुरी छानविनलाई पनि तीव्रता दिन निर्देशन दिएको सहसचिव भुसालले बताए ।