के छ गठबन्धनका शीर्ष नेतालाई बुझाउन लागिएकाे ‘साझा न्यूनतम कार्यक्रम’को मस्यौदामा

काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा शनिबार सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी छ ।

सत्तारुढ गठबन्धनको कार्यदलले शुक्रबार ‘नीतिगत प्राथमिकता र कार्यक्रम’लाई अन्तिम रूप दिएको हो । उक्त मस्यौदा आज (शनिबार) सत्ता गठबन्धनका शीर्ष नेतासमक्ष पेस गरिने भएको हो ।

प्राथमिकताको ड्राफ्टमा शिक्षामा सुधार र भौतिक पूर्वाधारको विकास, निरोगी नेपाल, स्वस्थ नागरिकको विषय उठाइएको छ।

यस्ताे छ, साझा न्यूनतम कार्यक्रमको मस्यौदा :