साझा बसमा सरर राष्ट्रपति भण्डारी (तस्बिरसहित)

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा बसमा यात्रा गरेकी छन् ।

शनिबार ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन उनी बस चढेकी हुन् । साझा यातायातको बिजुली बसमा चढेर उनी पिम्बहाल पुगेकी हुन् ।

उनलाई लिन बस महाराजगन्जस्थित राष्ट्रपति भवन शितल निवासमा पुगेको थियो ।

उनी त्यहाँबाट ललितपुरको पाटन ढोका बसपार्कमा ओर्लिएकी थिइन् । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले उनको स्वागत गरेका थिए ।

तस्बिर : रासस