बागमतीको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

काठमाडाैं । वागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्कट्टेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई एमालेको २७, माओवादी केन्द्रको २१ ,राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सहित ७० जनाको समर्थन छ ।

२०७४ मा भएको प्रदेशसभा निर्वाचनमा माओवादीबाट विजयी भएर संसदीय दलको नेता बनेका उनी प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।

यसअघि कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनको राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा पनि कानूनमन्त्री नै बनेका थिए ।