कांग्रेसले डाक्यो कार्य सम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले कार्य सम्पादन समितिको बैठक डाकेको छ । संसदीय दलको बैठक कार्य सम्पादनको बैठक पछि बस्ने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समितिमा पनि छलफल गर्न लागेको हो ।

बिहान साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसका एक नेताले बताए ।