काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासकाे मत मागेका छन् ।
यसपटक फरक संकल्पकासाथ आफूले विश्वासकाे मत मागेकाे उनले बताएका छन् । उनले यसपटक प्रधानमन्त्री बनेर जनताले फरक अनुभूति गर्न पाउने दाबी पनि गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले राजनीतिक दल मिल्दा देशले निकास पाएको र नमिल्दा देशमा गतिरोध पैदा भएको बताए ।
यसका लागि दलहरूबीच विश्वासपूर्ण सहकार्यको आवश्यकता भएको बताए।
देशलाई निकास दिन र नेपाललाई समृद्ध बनाउन राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए ।
प्रचण्डले भने, ‘नेपालमा समृद्धिका सबै मिल्नुको विकल्प छैन । सबै मिल्नुको विकल्प छैन । राष्ट्रिय सहमतिको आवश्यकता छ। हामीले पहुँच होइन विधिको शासन सुरु गर्नुपर्छ। त्यसका लागि सबै मिल्नुपर्छ ।’