काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोँचमा दुर्घटनामा परेको हाे ।
दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । आगाे निभाउने प्रयास भइरहेको छ । दुर्घटनामा परेकाे जहाजबाट अहिलेसम्म २० जनाकाे शव निकालिएकाे प्रहरीले जनाएकाे छ ।
उद्धारकाे क्रम चलिरहेकाे छ । खाेँचमा भएकाे हुनाले उद्धारकाे काममा ढिलाइ भइरहेकाे पनि बताइएकाे छ ।
आकाशमा उडानकाे क्रममा नै आगाे लागेकाे भनिएकाे विमान ७० प्रतिशतभन्दा बढी जलिसकेकाे छ ।
हेर्नुहाेस् भिडिओ :