• २०८३ असार १२
  • 2026 June 26, Friday

ब्रिटिश कोलम्बियास्थित ‘युनिभर्सिटी अफ फ्रेजर भ्याली’ को इन्फर्मेसन सेसन सम्पन्न

  • २०७९ माघ १३, शुक्रबार १०:१२

काठमाडौं। एसडी मिराकल एजुकेशनल कन्सल्टेन्सीले क्यानडाको लागि सेमिनार सम्पन्न गरेको छ। कार्यक्रम माघ २७ गते कन्सल्टेन्सीको मुख्य कार्यालय बागबजारमा बिहान १०ः३० देखि ११ः३० बजेसम्म आयोजना भएको थियो।

कार्यक्रममा उपस्थित क्यानडाको ब्रिटिस कोलम्बियास्थित युनिभर्सिटी अफ फ्रेजर भ्यालीका इन्टरनेशनल मार्केटिङ हेड रवि फिलिप्स, Edu Mandate की भाईस प्रिसिडेन्ट जया सिङ, Edu Mandate की नेपाल प्रतिनिधि अनिता मोहोपाल लगायतको उपस्थितीमा एसडी मिराकल एजुकेशनल कन्सल्टेन्सीले इन्फर्मेसन सेसन आयोजना गरेको हो।

क्यानडाको ब्रिटिस कोलम्बियास्थित युनिभर्सिटी अफ फ्रेजर भ्यालीका इन्टरनेशनल मार्केटिङ हेड रवि फिलिप्सले क्यानडामा विदेश अध्ययन गर्ने बारे जानकारी गराएका थिए। साथै इच्छुक विद्यार्थीहरूलाई युनिभर्सिटी अफ फ्रेजर भ्यालीका बारेमा बुझ्न एसडी मिराकल एजुकेशनल कन्सल्टेन्सी आउन सक्ने कुरा जानकारी गराएका थिए।

साथै Edu Mandate की भाईस प्रिसिडेन्ट जया सिङले SD Miracle Educational Consultancy युनिभर्सिटी अफ फ्रेजर भ्यालीको टस्टेड पार्टनर रहेको र भबिस्यमा पनि राम्रा बिध्यार्थीहरूलाई यो युनिभर्सिटी र यसको पाथवे कलेजहरू Vanier College, Cypress Collegeर Focus College को बारेमा समेत जानकारी लीन आग्रह गरे ।

क्यानडाको ब्रिटिस कोलम्बियास्थित युनिभर्सिटी अफ फ्रेजर भ्याली क्यानडा कै प्रशिद्ध पब्लिक युनिभर्सिटी हो। जहाँ थुप्रै नेपाली विद्यार्थीले उच्च शिक्षा हासिल गरी विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा आफूलाई चिनाई रहेका छन्।  

  • २०७९ माघ १३, शुक्रबार १०:१२