राष्ट्रपतिविरुद्ध नाराबाजी गरेपछि तारा बराल पक्राउ

काठमाडाैं । सामाजिक अभियान्ता तारा बराल पक्राउ परेकी छन् ।

नागरिकता विधेयक पारित गर्नुपर्ने भन्दै राष्ट्रपति कार्यालयमा पुगेकी बराल पक्राउ परेकी हुन् ।

शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा नाराबाजी गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे हो ।