पर्यटन बोर्डलाई पर्यटन मन्त्रीको प्रश्न : नागरिक बडापत्र खोइ ?

पर्यटन बोर्डलाई पर्यटन मन्त्रीको प्रश्न : नागरिक बडापत्र खोइ ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डमा नागरिक बडापत्र खाेइ भनी प्रश्न गरेका छन् ।

नेपाल पर्यटन बोर्डले शुक्रबार नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वागत गर्ने क्रममा बोल्दै उनले नेपाल पर्यटन बोर्डमा आफूले नागरिक बडापत्र नदेखेको बताए ।

उनले भने, ‘मैले याे कार्यालयमा नागरिक बडापत्र देखिनँ, बडापत्र हरेक कार्यलयमा हुन जरुरी छ । यश तर्फ ध्यान जाओस् ।’

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *