गाेकुल बास्काेटाकाे कटाक्ष : बिदा बढी भयो भनेको त पूर्व देखाएर पश्चिम हान्न रैछ !

काठमाडाैं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले जनयुद्ध दिवसको दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाेप्रति टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मौकामा हिरा फोडेको’ टिप्पणी गरेका हुन् ।

जनयुद्ध दिवसमा दिएको बिदाको बारेमा चौतर्फी विरोध भइरहँदा नेता बाँस्कोटाले प्रधानमन्त्रीले ‘पूर्व देखाएर पश्चिम हानेको’ बताएका छन् ।

बास्कोटाले भनेका छन्, ‘अस्तिसम्म बिदा बढी भो भन्थे–प्रम पुष्पकमल दाहाल किन रैछ भनेको त पूर्व देखाएर पश्चिम हान्न रैछ । तैं चुप मैं चुप । मौकामा हिरा फोर्नु बेमौकामा कौडी नछुनु भनेका त्सयै हैन रैछ पुर्खाले ।’