सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु

काठमाडौं । सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको छ ।

यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । उनीहरूले पहिलो दिनमै आगजनी र तोडफोड गरेका थिए ।

सोमबार आन्दोलनकारीले बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका छन् ।

यातायात मजदुरले आज पनि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । सार्वजनिक सवारी नचल्दा काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ ।