तत्काल वर्षा र हिमपातको सम्भावना छैन : माैसम पूर्वानुमान महाशाखा

काठमाडाैं । मंगलबार देशका पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव परेको छैन । त्यसैले हिमपात र वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार र बिहीबार पनि देशका केही ठाउँमा आंशिकरुपमा बदली भए पनि पानी पर्ने वा हिमपात हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।