काठमाडाैं । नयाँ बसपार्कमा मच्चिएकाे लुटपाटकाे घटनाबारे नेकपा एमाले सांसद सूर्य थापाले गृहमन्त्रीसँग जवाफ माग गरेका छन् ।
बुधबारकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद थापाले उक्त माग गरेका हुन् ।
उनले भने, ‘बालाजु र गाेंगबु क्षेत्रमा भएकाे आगजनी र लुटपाटकाे घटना वास्तवमा के भएकाे गृहमन्त्रीलाई याे सदनमा जानकारी गराउन माग गर्दछु ।’
यसअघि विशेष र शून्य समयमा बाेल्दै नेपाली कांग्रेसका सांसदहरुले पनि घटनाकाे वास्तविकताबारे प्रश्न उठाएका थिए ।