• २०८३ भदौ ७
  • 2026 August 23, Sunday

अनुभव (कविता)

उसको अनुभव खोज्न आउने पारखीले
डरको अनुभव गरेरनन्
त्रासको अनुभव गरेनन्
मृत्युको भयको अनुभव गरेनन्

किनकि सबैले आफूलाई अजर अमर सोचे
भगवान् नै सोचे
अवतार मर्छ भन्ने जति
अवतार हुन डराए

त्यो उनीहरूको डरको अनुभव थियो
उसले सबै डर र त्रास
हाँसेर टारीदियो
अनि बोल्यो उ भित्रको ईश्वरले
“अनुभव पनि समय हो, तैँले समय अनुभव गरिस्
उनीहरूले गरेनन् “।