मुलुकमा धार्मिक द्वन्द्व रोक्न हिन्दू राष्ट्र कायम गर्न अनिवार्य (भिडिओसहित)

काठमाडाैं । महाशिवरात्रिको अवसरमा काठमाडौं पशुपतिनाथमा शंकराचार्यको आगमन संयोग मात्र होइन, यो योजना हो । शंकराचार्य नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने अडान भएको व्यक्ति हुन् । उनले यसअघि नै नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिसकेकाले पनि उनी सहजरुपमा नेपाल आएका हुन् ।

नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने कुरामा शंकाराचार्य मात्र होइन भारतको संस्थापन पक्ष र चीन पनि सकारात्मक छ । भारतीय अधिकारीहरु त भित्रभित्रै सक्रियरुपमा लागेका छन् । चाँडै यस सम्बन्धी परिणामहरु देखा पर्नेछन् ।

धर्म संस्कृति सम्बन्धी अध्येता भरत शर्माका अनुसार भारत र चीनको दबाबपछि धर्मनिरपेक्षता स्विकार गरेका यहाँका राजनीतिक दल र नेताहरु पनि हिन्दुत्व स्विकार्न तयार भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु मुलुकको शान्ति र समृद्धिका लागि हिन्दू धर्म कायम गर्ने कुरामा लगभग तयार भैसकेका छन् ।

अमेरिका र युरोपियन युनियनको दबाबमा संविधानमा धर्मनिरपेक्षता लेखाउन सफल भएका नेताहरु पनि अहिले पछुतो मानिरहेका छन् ।

पश्चिमाको दबाब र प्रभावमा परेर जालझेल गरी धर्मनिरपेक्षता लेखेका नेताहरु अहिले बोल्न नसकेपनि भित्रभित्रै गल्ती भएको महसुस गरिरहेका छन् । उनीहरुले आफूबाट भएको गल्ती निकटस्थहरुलाई बताउने गरेका छन् ।

अध्येता शर्माका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले मौन नबस्ने भनेर दिएको अभिव्यक्ति पनि परिवर्तनको संकेतकारुपमा आएको हो । कुनै पनि गृहकार्य र तयारी बिना शाहले यो कुरा बोलेका होइनन् । हिन्दुत्वसंगै राजसंस्थाले पनि स्थान पाउने कुराको व्यापक तयारी भएको हुनसक्ने उनको विश्लेषण छ ।

राष्ट्रहितका लागि हिन्दू राष्ट्र कायम गर्न अनिवार्य छ भने गणतन्त्रमा राजसंस्थालाई पनि सम्मानपूर्वक राख्न सकिने उदाहरण नेपालले देखाउने शर्मा बताउँछन् । हालका कट्टर गणतन्त्रवादीहरु नै राजसंस्थाप्रति लचक हुने उनको दाबी छ ।

प्रधानमन्त्री दाहाल युद्धकालका प्रचण्ड नभएर थकित र गलित व्यक्तिमा रुपान्तरण भएका छन् । प्रचण्ड राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमै राजनीतिक घेराबन्दीमा परेकाले उनले आफनो विगतप्रति पश्चातापबाहेक अरु केही भोग्न बाँकी छैन । उनी राजनीतिबाट बिरक्तिएर आध्यात्म, धर्मकर्म र सनातन मूल्य मान्यताको संरक्षणमा लाग्ने शर्मा बताउँछन् ।

विस्तृत भिडिओ : 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१