काठमाडाैं । राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित ८ दल छलफलमा जुटेका छन् ।
केहीबेर अघिदेखि जारी वार्तामा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरु सहभागी छन् ।
बालुवाटार बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा भने सहभागी भएको छैन ।
राष्ट्रपतिका विषयमा साझा सहमति जुटाउन ८ दल एकै ठाउँ भेला भएका हुन् ।