बालुवाटार बैठककाे निर्णय : कांग्रेसलाई राष्ट्रपति दिने सहमति

काठमाडौं । बालुवाटारमा बसेकाे ८ दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसकाे हुने सहमति जुटेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी लगायतका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो । राष्ट्रपति कांग्रेसले लिने सहमति भएको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए ।

नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भए पनि व्यक्तिको बारेमा निर्णय नभएकाे उनले बताए ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सहभागी थिए । बैठकमा पछि जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी पनि थपिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नै ठूलो दल भएको हैसियतले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकमा सहभागी सबै दलले समर्थन गरेको ज्वालाले बताए ।