राष्ट्रपति पदका लागि नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेपछि एमालेले आफ्नो उम्मेदवार उठाएको हो ।