काठमाडाैं । पानी परेपछि काठमाडाैं उपत्यकासहितका क्षेत्रमा प्रदूषण कम भएको छ । लामो समयसम्म पानी नपर्दा प्रदूषण बढेको थियो । करिब पाँच महिनादेखि काठमाडाैं उपत्यकामा पानी परेकाे थिएन ।
आइतबार दिउँसो काठमाडाैंसहित बाग्मती प्रदेशका केही ठाउँ र पोखरासहित गण्डकी प्रदेशका केही ठाउँमा पानी परेको हो ।
आज पनि काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ ।
यसपालि हिउँदयाम सकिनै लाग्दा हिउँदे वर्षा भएको हो । यसअघि पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा पानी पर्न सकेको थिएन ।