एमालेका तर्फबाट सरकारमा सामेल मन्त्रीहरुले बुझाए प्रधानमन्त्री समक्ष राजीनामा

काठमाडौं । एमालेका आठैजना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्।

अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपन्छी मन्त्रीमा ज्वालाकुमारी साह, महिला तथा बालबालिका मन्त्रीमा भगवती चौधरी‚ परराष्ट्र मन्त्रीमा डा. विमला राई पौड्याल‚ दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्यमन्त्रीमा पदम गिरी‚ भूमिसुधार मन्त्रीमा राजेन्द्र राई र रक्षामन्त्रीमा हरि उप्रेती थिए।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठै जनाले राजीनामा पत्र बुझाएका हुन्।

एमाले सोमबार बिहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णयसहित समर्थन पनि फिर्ता लिने निर्णय लिएको थियो।

पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने निर्णय गरेको थियो।

आइतबार जेनेभा प्रस्थान गर्न लागेकी परराष्ट्रमन्त्री डा. विमला पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएको थियो।

उक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रधानमन्त्रीले विदेश भ्रमण रोकेपछि पौड्यालले अपमान भएको बताएकी थिइन्।