काठमाडाैं । मोरक्को तथा फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ ।
२४ वर्षीया महिलाले हाकिमीले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकाे बीबीसीले समाचार प्रकाशित गरेकाे छ ।
महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको समाचारमा जनाइएकाे छ ।
मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्दा हाकीमी प्रमुख खेलाडी थिए । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको थियो ।
आरोपको विषयमा हाकिमी र पिएसजीले हालसम्म सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन् ।