सन्दीपले दिलाए नेपाललाई दाेस्राे सफलता

काठमाडाैं । यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । नेपालका लागि सन्दीप लामिछानेले दाेस्राे विकेट लिएका हुन् ।

युएई वृत्य अर्विन्दलाई दाेस्राे विकेटका रुपमा लामिछानेले कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका हुन् ।

यसअघि पहिलो ओभरमै करण केसीले सफलता दिलाएका थिए ।

केसीले मोहम्मद वासिमलाई शून्य रनमा बोल्ड गरे। पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका थिए ।