काठमाडौं । कुशल भुर्तेलले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिजमा सोमबार हुने यूएईविरुद्धको खेल गुमाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले कुशलले ग्रोईन ईन्जोरीका कारण सोमबारको खेल गुमाउने जनाएको छ ।
क्यानका अनुसार उनको स्थानमा सन्दीप जोरालाई राखिएको छ ।
कुशलले दुई साता अघि नामिबियालाई हराउन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।
उनको शतकको सहयोगमा नेपालले आफ्नो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको इतिहासमा सर्वाधिक ठूलो २ सय ८६ रनको विजयी लक्ष्य पूरा गर्न सफल भएको थियो ।
कुशल टिममा नरहे पछि नेपालको ओपनरमा ज्ञानेन्द्र मल्लले मौका पाउने सम्भावना रहेको छ ।