महेश बस्नेतसँग भेटेर बालेन शाहले भने- असमझदारी टुंगाएर सहकार्य गराैँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेकपा एमाले नेता महेश बस्नेतसँग भेट्न पुगेका छन् ।

नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन् ।

विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए ।

उनले भने, ‘उहाँ मेरो घर भक्तपुरको गुण्डुमा आउनुभएको थियो । विगतको असमझदारी हटाएर सहकार्य गरेर जाऔं भन्नुभयो ।’

भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि आफ्नै घरमा सँगै खाना खाएर छुटेको उनले बताए ।

यसअघि नेता बस्नेत बालेनको चर्को आलोचकको रुपमा प्रस्तुत हुने गरेका थिए ।