काठमाडौं । राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर घाइते भएका छन् ।
मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा लडेका हुन् ।
टाउकोमा चोट लागेपछि उनलाई अस्पताल पुर्याइएको छ । सांसद न्यौपाने नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन् ।