काठमाडौं । विश्वकप लिग २ अन्तरगतको म्याचमा नेपालले पपुवा न्यूगिनी (पिएनजी)विरुद्ध सहज जित हासिल गरेको छ ।
पिएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएकाे हाे ।
ओपनर कुशल भुर्तेल र आशिफ शेखले आक्रामक सुरुवात गरेका थिए । उनीहरुले ५१ रनको साझेदारी गरे ।
कुशल भुर्तेल ३३ रन बनाउँदा एलबीडब्लु धरापमा परे । कुशलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
आशिफ शेख ५३ र कुशल मल्ल १२ रनमा नटआउट रहे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी ९५ रन बनाएर अलआउट भएकाे थियाे ।
पीएनजीलाई कम स्कोरमा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए ।
ललित राजवंशीले र कुशल मल्लले २–२ विकेट झारे । सोमपाल कामीको नाममा एक विकेट रह्यो ।