काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
पार्टीको बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।
पार्टीको फागुन २७ र २८ गते सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
‘बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ’ विज्ञप्तिमा उल्लेख छ ।