काठमाडाैं । स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो चम्केपछि पोर्चुगलले युरोकप २०२४ को छनोट खेलमा लक्जेमवर्गलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
युरो छनोटमा लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले लक्जेमवर्गको घरेलु मैदानमा पहिलो हाफमै चार गोल गरेको थियो ।
समूह ‘जे’ को गए राति भएको खेलमा रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दा जो फेलिक्स र बर्नाडो सिल्भाले एक/एक गोल थपेका थिए ।
यसपछि दोस्रो हाफमा ओटाभियो र राफेल लियोले एक/एक गोल गरेपछि पोर्चुगलले एकतर्फी जित निकाल्यो ।
यसअघिको लिचेस्टाइनविरुद्धको खेलमा पनि दुई गोल गरेका रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने र सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने रेकर्ड बनाइसकेका छन् ।