
काठमाडौं । मिटर ब्याज पीडितलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ ।
विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडित वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोजेका थिए ।
तर महानगरपालिकाको नगर प्रहरीले गेटमा उनीहरुलाई रोकेको हो ।
त्यसपछि मिटरब्याज पीडितले मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका छन् । खुलामञ्च प्रवेश गर्न नदिएपछि उनीहरु वीर अस्पताल अगाडिको सडकमा बसेका छन् ।