पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो तथ्याङ्क गत दुई दिनमा प्राप्त एकमुष्ट विवरण हो ।

यही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१