पहाडी भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । बिहीबार देशको पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यता सफा रहने माैसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम पनि सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका केही स्थानहरुमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी चौबिस घन्टामा पहाडी भू–भागका एकाध स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।